Gold
Bangad salyan

रुकुम पश्चिम घटनालाई लिएर रुपन्देहीमा विरोधसभा ,

जेठ १८ ,काठमान्डौ – रुकुम पश्चिम ८ सोती घटनालाई लिएर रुपन्देहीका विभिनन स्थानमा नागरिकले विरोधसभा गरेका छन् ।

रुकुम पश्चिम घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै दलित समुदायमाथि गरिएको विभेद र हत्या अन्त्य गर्नपनि सभाले माग गरेको छ।

रुपन्देहीको देवदहको अंगिरा पासी हत्याका दोषीलाई तत्काल पत्ता लगाई कारबाहीको समेत विरोधसभाले माग गरेको हो।

सभामा संविधान र कानुनलाई व्यवहारमा लागु गर ,जातिय छुवाछुत अन्त्य गर ,हत्यारालाई कारबाही गर जस्ता लेखेका पेलेकार्ड बोकेर नागरिक समूह विभिन्न संघसंथा ,महिला जम्मा भएर विरोधसभा गरेका छन्।

गत १० गते रुकुम पश्चिममा जाजरकोटका ६ जना युवालाई प्रेमसम्बन्धको विषयलाई लिएर हत्या गरि भेरी नदीमा बगाईएको छ।

हत्या गरिएका गोबिन्द शाहीको शव अझै फेला परेको छैन। गोताखोर सशस्त्र प्रहरीले भेरिनदीमा शव खोजिरहेको छ।