क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु,
जेठ २० ,काठमान्डौ -क्वारेन्टिनबाट घर फर्किदै गर्दा एक ५० वर्षीय पुरुषको बाटोमै मृत्यु भएको छ।
फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गर्दा गाउँपालिका,२ का खड्कबहादुर कार्कीको मृतु भएको हो।
जेठ १३ गते भारतबाट आएका कार्की १४ गतेदेखिबाटनै गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए।
गत शुक्रबार गरिएको स्वाव संकलनमा रिपोर्ट नेगेटिभ आएपछि दुई जनासंग आइतबार घर जाँदै गर्दा कार्की अचानक बाटोमै बेहोस भएका थिए।
कार्कीलाई रातिनै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पुर्याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।
मृतुपछी पनि गरिएको स्वाब परिक्षनमा उनको रिपोर्ट नेगेटिभ आएको गाँउपालिकाले जनाएको छ। कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको पारिवारिक श्रोतले बताएको छ।

