छुवाछुतको जघन्य घटना घटाउने अपराधीलाई कडा कारबाही हुन्छ :प्रधानमन्त्री ओली ,

जेठ २१ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत घटनाका अपराधीलाई कानुनि दायरामा ल्याएर कडा कारबाही गरिने बताएका छन्।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने छुवाछुत जस्तो जघन्य अपराधमा कारबाही गर्दा सरकार पछि नहट्ने बताएका हुन्।

युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं जारि सन्देशमा भनिएको छ ।

जातिय आधारमा अहुने सबै प्रकारका विभेद कुरीति ,अन्धविश्वास ,अपराध बहिस्करण ,वन्चितकारण र हिंसालाई राज्यले कानुनि रुपमा अन्त्य गर्दै निषेध गर्ने पनि ओलीले बताएका छन्।

छुवाछुतको नाम गरिने रंगभेद ,जातिभेद कहिले पनि मानवजातिको आकान्क्ष नरहेको पनि उनले बताए।

प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘छुवाछुतसम्बन्धी जघन्य घटनाका घटाउने अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउने छ अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन ।