कर्णाली प्रदेशका नागरिकलाई राखिने होल्डिङ सेन्टरको निरिक्षन गर्दै :मन्त्रि बस्नेत ,
जेठ २३ ,काठमान्डौ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले होल्डिङ सेन्टरको निरिक्षन गरेका छन्।
परदेशबाट स्वदेश फर्किने कर्णाली प्रदेशका नागरिकको लागि ललितपुरमा व्यवस्थापन गरिएको मन्डला पार्टी प्यालेस स्थित होल्डिङ सेन्टरमा मन्त्रि बस्नेतले निरिक्षन गरेका हुन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशसंगको समन्वय गर्ने जिम्मा मन्त्रि बस्नेतले पाएका छन्।
नागरिकलाई राखिने कक्ष ,दर्ताकक्ष हेल्थडेस्क ,खानपिन व्यवस्थापन लगायतको बस्नेतले शुक्रबार निरिक्षन गरेका हुन्।

ललितपुर जिल्ला स्थित प्रमुख जिल्ला अधिकारि र सुरक्षा प्रमुखबीच ललितपुर स्थित होल्डिङ सेन्टरमा निरिक्षन गरिएको हो।सरकारले जुन दशबाट विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने बताएको छ।

तेस्तै आज पहिलो दिन म्यान्मारबाट २६ जना नेपाली स्वदेश काठमान्डौ आइपुगेका छन् ।उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखीएको छ ।

सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने कार्यविधि बनाएको छ ।
दश जुन बाट उद्दार कार्य सुरु हुने भनेपनि आज वर्माबाट २६ जना र युएईबाट १५७ जना नेपाली नेपाल आईपुगेका हुन्।
तस्विर :वन मन्त्रालयका स्वकीय धिरज उपरकोटी,

