Gold
Bangad salyan

कर्णाली प्रदेशमा थप एक जना कोरोनाबाट मृतु ,

जेठ २४ ,काठमान्डौ – नेपालमा थप एक जनामा कोरोनाबाट मृतु भएको छ।

डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ।

सुर्खेत बस्दै आएक ति व्याक्ति १८ गते डोल्पा पुगेका थिए। डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

२० गते उनको मृतु भएपछि दुई दिनपछि उनको स्वाब परीक्षण गर्न प्रतिष्ठानमा पठाइएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको हो।

मृतको न्त्यष्टि गरिसकिएको छ,मृतकको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिएको छ। यो संगै नेपालमा कोरोनबाट मृतु हुनेको संख्या १२ पुगेको हो।