Gold
Bangad salyan

वडाध्यक्ष रंगेहात घुससहित पक्राउ,

जेठ २४ ,काठमान्डौ – पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट तीन लाख रुपैयाँ बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिए ।

अख्तियारको नियन्त्रणमा परेका पुनले आफ्नो वडामा रहेको काठ लिलाममा ती ब्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुषालले जानकारी दिए ।