सुर्खेत गुर्भाकोटमा थाकल खान जंगल गएकि बालिका बेपत्ता ,
जेठ २५ ,सुर्खेत – सुर्खेत गुर्भाकोट ६ बडाखोलिकि एक बालिका हिजो जंगलमा थाकल खान गएदेखि वेपत्ता भएकि छिन।
मोडेल मावि बडाखोली स्कुल काक्ष ५ मा अध्यनरत १० वर्षीय बालिका हिजो केरेनी जंगलबाट हराएकि हुन्।
आफन्तको घरमा गएकि बालिका तेहीबाट थाकल खान गएको र हिजो देखि दिन रात आफन्त स्थानियले खोजि गरेपनि अहिले सम्म बालिका फेला नपरेको भिम प्रकाश ओलीले रंग दर्पणलाई जानकारी गराए।
तस्विर: भिम प्रकाश ओलीको सामाजिक संजालबाट ,

