Gold
Bangad salyan

क्वारेईनटाईनमा बसेका युवालाई स्थानीयले नुहाउन दिएनन नदीमा गएपछि वेपत्ता ,

जेठ २५ ,काठमान्डौ – क्वारेईनटाईनमा बसेका युवालाई स्थानीयले धारमा नुहाउन नदिएपछि म्याग्दी नदीमा नुहाउन गएर वेपत्ता भएका युवाको शव ६ दिनपछि आज फेला परेको छ। म्याग्दी नदीमा नुहाउन गएका थापा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेस्थित क्वारेन्टाइनमा बसेका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ वर्षीय राजेश थापा जेठ २० गते बेपत्ता भएका थिए।

थापाको शव आइतबार दरवाङ्कै बाङ्गेपहिरो स्थित म्याग्दी नदी किनारमा फेला परेको मालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए।

भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि दरवाङ सारिएको थियो।

थापाको शव परीक्षणका लागि बेनीस्थित अस्पतालमा ल्याउने तयारी भएको छ। उनको खोजीमा सशस्त्र प्रहरीको गोताखोरको टोली ल्याएपनि शव खोजीमा असफल भएको थियो।

छ महिनाअघि रोजगारीका लागि भारत गएका थापा कोरोनाको जोखिम र लकडाउनका कारण रोजीरोटी गुमेपछि भारतीय सिमानामा आएका थिए उनलाई उद्दार गरेर बेनी ल्याइएको थियो ।

क्वारेन्टाइन स्थापना भएको जनप्रिय माविको भवनमा घेराबार छैन्। आफन्तले भने कमजोर सुरक्षा र व्यवस्थापकीय लापरबाहीका कारण उनको ज्यान गएको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसहितका सुरक्षा अधिकारीले छ्यारछ्यारेको क्वारेन्टाइनलाई २० गते नै दरवाङको उपल्लो बजारमा रहेका जनप्रिय माविको भवनमा सारेका थिए।

हालसम्म म्याग्दीका १७९ जनाको स्वाब संकलन गरेर पीसीआर विधिबाट कोरोना परीक्षण गर्न पोखरास्थित प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा जनामा कोरोना पुस्टि भएको छ भने उनीहरुको बेनीस्थित आइसोलेसनमा उपचार भइरहेको छ।

२१ जनाको रिपोर्ट आउन जनाको रिपोर्ट आउँन बाँकी छ। १५६ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी गरे।