Gold
Bangad salyan

काठमान्डौका सडकमा बढ्न थाल्यो चहलपहल ,

जेठ २६ ,काठमान्डौ – काठमान्डौका सडकमा मानिसहरु सडकमा निस्कन थालेका छन् भने अत्यावस्यक बाहेकका पसल खुल्न सुरु गरेका छन्।

सरकारले लकडाउन खुकुलो नपारेपनि चलाहल्पहल निकै बढेको देखिन्छ राजधानीका मुख्य सडकमा निजियातायातको बाक्लो छाप बढेको छ।

गत चैत ११ गते देखि सरकारले गरेको लकडाउन जेठ ३२ गते सम्म निरन्तरता छ ।

,लामो समय लकडाउन गर्दासमेत सरकारले जनजीवन सामान्य बनाउने मोडालिटी नल्याउँदा समस्यामा परेको भन्दै निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने बताउँदै आएको छ ।

सरकारले पनि विभिन्न विज्ञहरुसंग छलफल गरेर लकडाउनको मोडालिटी खुकुलो पर्ने बताएको छ तर दैनिक जस्तो कोरोना संक्रमित बढेका छन्।

जसमा सरकार र नागरिकको सानो गल्तीले ठुलो क्षति पुग्न सक्ने स्वत अनुमान लगाउन सकिन्छ।