Gold
Bangad salyan

अस्पतालबाट मेशिन चोरी गर्ने दुईजना डाक्टर पक्राउ ,

जेठ २९ ,काठमान्डौ – पाटन अस्पतालको आईसीयू वार्डमा रहेको अल्ट्रासाउन्ड मेसिन चोरीमा संलग्न रहेको आरोपमा दुई जना चिकित्सक पक्राउ परेका छन्।

उनीहरुलाई २० लाख रूपैंया भन्दा धेरै मूल्य पर्ने पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरीको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

जेठ २ गते बिहान साढे आठ बजे उक्त मेसिन चोरेका थिए। अस्पतालमा कार्यरत स्वास्थकर्मी व्यस्त भएको मौका छोपी उनीहरुले मेसिन चोरी गरेको खुलेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्रहरीले मेसिन मर्मत गर्न कम्पनीबाट आएको हौं भनेर झुक्याएका थिए।

अनुसन्धानको क्रममा सर्लाही घर भइ काठमाडौं बस्ने ३६ वर्षका डा. प्रविण मिश्र र महोत्तरीका २० वर्षीय रमेश कुमार शर्माको संलग्नता देखिएको ललितपुर परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

चोरी भएको सामानसहित पक्राउ गरिएको र थप अनुसन्धानका लागी उनीहरुलाई पाँच दिन हिरासत पठाइएको प्रहरीले जनाएको छ।