Gold
Bangad salyan

नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा पहिलोपटक ६ जनामा कोरोना पोजिटिभ ,

जेठ २९ ,नवलपरासी पचिम – जिल्लाकोको सुनवल नगरपालिकामा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिवार धुलिखेल अस्पतालमा भएको पिसिआर परिक्षणको क्रममा ६ जनामा संक्रमण पुष्टि भएको सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाले जानकारी दिनु भएको छ ।

मेयर थापाका अनुसार संक्रमित सबै पुरुष हुन् । संक्रमित सुनवलको वडा नम्बर १३ का २२ र २८ वर्षका दुई जना, वडा नम्बर १२ का ३९ वर्षका एक जना, वडा नम्बर ९ का २२ वर्षका एक जना, वडा नम्बर ४ का ४५ वर्षका एक जना रहेका छन् ।

अहिले सबै जना सामुदायिक क्वारेन्टाइनमा रहेको थापाले जानकारी दिए । एक डेढ घण्टा भित्र वडा नं १ मा २५ सैयाको नव निर्मित अाईसोलेसनमा राखिने छ ।

उनिहरु सबै जना भारत बाट आएका थिए । सुनवल नगरपालीकाले आफै भिटिएम खरिद गरेर १ सय ४३ जनाको स्वाब संकलन गरि पठाएकोमा ६ जना बाहेक सबैको रिपोर्ट नगेटिभ आएको छ ।

संक्रमितको स्वास्थय अवस्था समान्य रहेको र नातिन्न सुनवल नगरपालिका मेयर थापाले बताएका छन् ।

उनिहरुलाई सुनवल नगरपालीकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा राखिने भएको छ । यस संगै जिल्लामा कोरोना संक्रमितको सङख्या ४४ पुगेको छ ।

सुनवलमा भने पहिलो पटक कोरोना देखिएको हो । संक्रमण भेटिएका नवलपरासी पश्चिमको स्थानिय तह मध्ये सुस्तामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम,