कांग्रेस संसदीय दलको बैठक बस्दै ,
जेठ ३१ ,काठमान्डौ – नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
संविधान संशोधन विधेयक आज संसदबाट पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन् ।
नेपालले जारि गरेको राजनीतिक प्रशाशनिक लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको छ।
नयाँ नक्सालाई नेपालको निशान छापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदैछ । संविधान संशोधन विधेयक आजको संसद बैठकबाट पारित गर्ने कार्यसूची छ ।
नेपालका सबै राजनीतिक दल संविधान संशोधन विधेयकको पक्षमा उभिएका छन्।

