दलले ह्विप गरेपछि सरिता गिरि बाहिरिएर भनिन सोचेर जवाफ दिन्छु ,
जेठ ३१ ,काठमान्डौ – समाजवादी पार्टीको संसदीय दलको बैठकले आफ्नो दलकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ ।
नयाँ बानेश्वर संसद भवनमा बसेको संसदीय दलको बैठकले ह्वीप जारी गरेपछि सरिता गिरीले आफुले सोचेर जवाफ दिनेभन्दै बाहिर निक्लीएको सांसद प्रदीप यादवले जानकारी दिए।
बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई हृवीप जारी गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ ।
यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन हालेकी छन् ।उनको संशोधन नियमविपरित भएकाले सभामुखले खारेज गर्न सक्ने कानुविद्हरुले बताएका छन् ।

