भारतले भन्यो नेपालले सिमा विवाद वार्ताबाट समझदारी उल्लघन गर्यो अब ठाँउ छैन ,
जेठ ३१ ,काठमान्डौ – नेपाल सरकारले लिम्पियाधुरासम्मको भूभागलाई समावेश गरेको नयाँ नक्सा निसान छापमा समेट्न शनिबार गरेको संविधान संशोधनप्रति भारतले आफ्नो प्रतिक्रिया दिएको छ।
नेपालले संविधान संसोधन गरेर सिमा विवादलाई वार्तावाट हाल गर्ने समझदारीलाई उल्लघन गरेको भन्दै यो निर्णय आफुहरुलाई मान्य नहुने बताएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् ।
उनले अगाडी भनेका छन् नेपालको ससंदले भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं
यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ।
कृत्रिम तरिकाले भूभागको विस्तार ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले उक्त नक्सा मान्य नभएको समेत भारतको भनाइ छ ।