Gold
Bangad salyan

गुल्मीका कोरोना संक्रमितको ज्यान गयो ,

जेठ ३२ ,काठमान्डौ – गुल्मीका कोरोना संक्रमित बिरामीको ज्यान गएको छ । धुर्कोट गाउँपालिका ४, जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति ज्यान गएको हो।

उनको रेसुङ्गा नगरपालिका वडा ९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचार भईरहेको थियो। नेपाली सेनाको टोलीले हिजो रातिनै शव व्यवस्थापन गरिसकेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

उनको शव जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरिएको हो। भारतबाट आएर क्वरेईनटाईनमा बसेको उनको जेठ १२ गते कोरोना पुस्टि भएको थियो।

उनि क्यान्सरको बिरामी हुन् भारतमा क्यान्सरको शल्यक्रिया गरी फर्कंदा उनी संक्रमित भएको देखिएको छ ।

उनलाई बचाउने धेरै प्रयास गरेपनि असफल भयो रक्त अल्पत्ता देखिएपछि उपचारमा खटिएकि स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् ।

३ पटक सम्म स्वाब परिक्षन गर्दापनि उनको रिपोर्ट पोजेटिभ आएको थियो। गुल्मीमा हाल सम्म १२ जना संक्रमित पुगेका छन् भने दुई जनाको ज्यान गएको छ।

बाँकी ८ मध्ये एक जनाको काठमाडौं, तीन जनाको तम्घास र अन्यको सम्बन्धित गाउँपालिकाले तयार गरेको आइसोलेसनमा उपचार भइरहेको छ।यो संगै नेपालमा विभिन जिल्लामा गरि कोरोनाबाट १९ जनाको ज्यान गएको छ।