Gold
Bangad salyan

गुर्भाकोट आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुलाई निशुल्क मासु सहयोग,

जेठ ३२ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालीका वडान १ नेपाल रास्ट्रिय आधारभुत प्राथामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुलाई निशुल्क मासु सहयोग गरिएको छ ।

वडान १ का सभापति नन्दलाल भुसालको अनुरोधमा क्वारेन्टाइनमा बसेका १०४ जनालाई निशुल्क मासु सहयोग गरिएको हो ।

सभापति नन्दलाल भुशाल उपसभापती बुद्द तारम ,सचिव कासि बहादुर गाह ,खगेन्द्र भन्डारी ,नगरकार्यपालिका सदस्य खुम बहादुर बिकले रु ८,८०० बराबरको २२ केजी मासु सहयोग गरेका हुन्।

निशुल्क मासु सहयोग गराएपछि क्वारेन्टाइनमा बसेका सहयोगी लगायत स्थानियले हार्दिक बधाई दिएका छन ।

भारतबाट आएका उनिहरुमा हाल सम्म कसैमाथी कोरोना पोजेटिभ देखीएको छैन केहिको भोलि पनि स्वाब परिक्षन गरिने भएको छ ।