गुर्भाकोट नगरपालिकामा थप ८ जनामा कोरोना संक्रमणको पुस्टि ,
जेठ ३२ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिकामा थप ८ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।
गुर्भाकोटा नगरपालिका वडानम्बर १, ५, ११, १२ र १४ मा ८ जनामा संक्रमणको पुस्टि भएको हो।
संक्रमित सबै पुरुष रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
उनीहरुको सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र प्रयोगशालमा भएको परीक्षणमा कोरोना पुस्टि भएको हो।
तेस्तै आज कर्णाली प्रदेशमा दैलेख अस्पतालबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एकजना गरी तीनजना डिस्चार्ज भएका छन् ।
यो संगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने ३ जनाको कोरोनाबाट मृतु भईसकेको छ। हाल सम्म कर्णाली प्रदेशमा संक्रमितको संख्या ९६७ पुगेको छ।
आज मात्र दैलेखमा ३७ जना संक्रमित फेला परेका छन् ,।वीरेन्द्रनगरपालिका-१ का एक जना लेकबेसी नगरपालिका २ का एक जना पुरुष, र पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का पाँचजना पुरुषमा पनि कोरोना पोजेटिभ फेलापरेको छ ।

