काठमान्डौ भित्रिने र बाहिरिनेलाई सरकारले गर्यो झन् कडाई ,
जेठ ३२ ,काठमान्डौ – सरकारले काठमान्डौ भित्रिने हरेक कोहिलाई थप कडाई गरेको छ।
लकडाउन केहि खुकुलो भएलगतै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिन थप कडाई गरेको हो ।
अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सम्पर्क गर्नुपर्ने आईतबार जिल्ला प्रशासनले एक सुचना जारि गरेको छ ।
त्यसैगरी बाहिरबाट उपत्यकामा आउन जुन नगरपालिकामा आउने हो सो नगरपालिकाको अनुमति चाहिने भएको छ ।
त्यसरी दिएको अनुमतिसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।
यसरी निवेदन दिएपछि सो जिल्ला प्रशासनले संक्रमण जोखिम विश्लेषण,यात्राको औचित्य पुष्टि हुने कागजातसहित भएमा पास जारी गर्न सहमति प्रदान गर्ने छ ।


