Gold
Bangad salyan

सरिता गिरीको सांसद पद निलम्वित,पार्टीको सदस्य पनि नरहने गरि हटाईयो,

असार १ ,काठमान्डौ – समाजवादी पार्टीकि सांसद सरिता गिरीको सांसद पद निलम्वित हुने भएको छ भने पार्टीको निर्देशन अनुसार उनको पार्टी सदस्य पनि नरहने भएको छ।

नेपालको नँया नक्सा निशान छाप संविधान संशोधन प्रस्तावको विरुद्धमा गिरि उभिएकि थिइन्। समाजवादी पार्टीले उनलाई उक्त पर्तावा फिर्तालिन ह्विप गरेपनि मानेकी थीइनन।

उनले पार्टीको ह्विप उल्लघन गरेका कारण दुवै पदबाट हटाउन लागिएको सो पार्टीका एक नेताले बताए।

गिरि खस आर्यको कोटाबाट समानुपातिक सांसद हुन् उनलाई पार्टीले चाहेमा जतिखेरपनि फिर्ता बोलाउन सक्छ।

पार्टीले संसदभवनमा समेत बैठक बसी पार्टीको निर्णय विपरीत संसदमा विधेयक फिर्तालिन नमान्दा तेसै कारबाहीमा परेकी छिन।

पार्टीको निर्णय मान्न सम्झायो तर उनले मानिन। समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा छन्।

दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्यता समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले जानकारी दिएको छ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।