Gold
Bangad salyan

गुर्भाकोट नगरपालिका क्वारेईनटाईनमा मृ,त्यु भएका युवकको रिपोर्ट नेगेटिभ ,

असार १ ,सुर्खेत – जिल्लाको गुर्भाकोट नगरपालिका क्वारेईनटाईनमा मृ,त्यु भएका युवकको रिपोर्ट नेगेटिभ आएको छ।

गुर्भाकोट ७ मेहेलकुना सिरुवानी सुर्खेतको सिर्जना प्रावि क्वारेन्टाइनमा बसेका युवाको आज बिहान निधन भएको थियो।

क्वारेईनटाईनमा बसेका युवाको यक्कासी आज बिहान ८ :३० बजे निधन भएपछि उनको स्वाब संकलन गरि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको थियो।

परिक्षनमा उनको रिपोर्ट नेगेटिभ आएको गुर्भाकोट नगरपालिका मेयर हस्त पुनले जानकारी दिए।

युवकले क्वारेईन टाईनमा खान बनाउने नास्ता बनाउने पनि गर्थे आज बिहानको नास्ता पछु उनले यक्कासी छाती दुखेको भनेर ढलेको र उनको निधन भएको थियो।

युवकले क्षयरोगको औषधि खाने गरेका थिए भारतमा काम गर्ने क्रममा उनलाई चोट लागेर उनको अनुहारमा १६ वटा टाँका लगाईएको थियो, उनि नेपाल आउँदा पनि उनको अनुहारमा टाँका थियो।

क्वारेईनटाईनमा बसेपछि उनको स्वास्थ्यकर्मीले टाँका खोलिदिएका थिए। गुर्भाकोट नगरपालिकामा २९ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ ति सबै आईसोलेसन्मा बसेका छन्।

८ जना मेहेलकुनाको सिटिहलको आईसोलेसनमा बसेका छन् भने २१ जना क्वारेईन टाईनको आईसोलेसनमा बसेका छन्।

क्वारेईनटाईनमा बसेका र आईसोलेसनमा रहेका कुनैपनि नागरिकलाई सेवा सुविधाबाट कमि नराख्ने मेयर पुनले बताए।