Gold
Bangad salyan

कोरोना रूघाखोकी जस्तै हो अदुवा बेसार लसुन खाए भाग्छ प्रधानमन्त्री ओली ,

असार ४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रुघाखोकी जस्तै भएको बताएका छन्।

बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्ने मर्छु भनेर नाच्सोचना र आत्माबल ठुलो बनाउन आग्रह गरेका हुन्।

कोरोना लागेपनि लान सक्दैन सबै भन्दा मनोबल ठुलो पार्नुपर्छ हिम्मत हार्नु हुन्न उनले भने।

तेस्तै प्रधानमन्त्री ओलीले भने कोरोना भनेको रूघाखोकीजस्तै हो, लागिहाल्यो भने हाच्छ्युँ साच्छ्युँ गर्नुपर्छ तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।

नेपालीको प्रतिसोधात्मक क्षमतापनि बढी भएको बताउँदै ओलीले भान्सामा अदुवा, लसुन, प्याजलगायत औषधिजन्य खानेकुरा प्रयोग गर्नपनि उनले आग्रह गरे।

प्रधानमन्त्री ओलीले औषधीजन्य सन्तुलित खाना र नियमित व्यायाम गर्न सरसफाईमा ध्यान दिन पनि आग्रह गरे।

तेस्तै ओलीले साउन महिना सम्म नेपालमा कोरोना उच्च देखिने र यो फागुन महिना सम्म नियन्त्रण हुने बताए।

कोरोनाले गर्दा नभई नेपालमा मानिस डिप्रेसनले समेत आत्महत्या गर्ने गरेको प्रधानमन्त्रीको तर्क छ।