चिनियाँ नेतासँगको भिडियो कन्फरेन्समा प्रचण्डले भने,सुरक्षा स्वार्थ जोडिएका विदेशी सहायता लिन्नौं,
असार ५ ,काठमान्डौ – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा स्वार्थ गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् ।
शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै प्रचण्डले नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गर्ने बताए।
दाहालले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले अस्विकार गर्ने बताए। नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ ।
नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं उनले भने ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अनुमोदन गर्ने कि नगर्ने बहस चलिरहेका बेला प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूलाई यस्तो बताएका हुन्।
तेस्तै प्रचण्डले नेपाल भारको सिमाविवाद बारे पोजिसनमा पनि बोलेका छन् यधपी उनले भारतको नाम भने लिएनन।
नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको भन्दै दाहालले द्विपक्षीय विषय संवादबाट समाधान गर्न सकिने बताए ।
‘मित्र राष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौं । तर, वार्ता र संवाद सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै हुन्छ,’दाहालको भनाई थियो।
तेसै गरि दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याए । नेपाल चीन सुख दुखको साथि रहेकोपनि प्रचण्डले दोर्याहए।
’

