Gold
Bangad salyan

एमसीसीले प्रचण्ड ओलीको दुरी टाढा, माईतिघरमा आन्दोलन ,

असार १० ,काठमान्डौ – प्रधानमन्त्री निवास वालुवाटारमा एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहि छिनमा सुरु हुने छ।

बैठक हुनुभन्दा पहिलेनै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली बीच करिब एक घण्टा छलफल भएको निकट श्रोतले जनाएको छ।

दुवै अध्यक्षले आज महासचिव विष्णु पौडेललाई पनि उपस्थितको लागि बोलाएका छन्। छलफलमा एमसीसीलाई पास गर्ने वा नगर्ने, सरकारका कामको समिक्षा लगायतका एजेण्डामा छलफल भनेपनि मुख्य विषयमा भनेको एमसीसी रहेको छ।

,जसको चासो आम नेपाली नागरिकलाई समेत छ। एमसीसी लामो समयदेखि विवादीत् परियोजना हो ,एमसीसीलाई पारिमार्जन नगरी पास गर्नुहुनन भन्नेको नेकपा ठुलो बहुमत छ।

तेसैले स्थायी कमिटि बैठकमा उक्त समितिले एमसीसीलाई अस्वीकृत पक्कै गर्ने सम्भावना छ। गत बैशाख ८ गते प्रधानमन्त्रीले विवादित दुई अध्यादेश ल्याएपछि पार्टीका २० जना स्थायी समिति सदस्यहरुले बैठकको माग गर्दै अध्यक्षलाई लिखित पत्र बुझाएका थए ।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीको लामो छलफल भएपनि प्रधानमन्त्री ओलीले विभिन्न बहानामा बैठक सारेका थिए ,वैशाख २५ गतेलाई स्थायी कमिटि बैठक बोलाईएपनि ओलीलेनै आफु अस्वस्थ रहेको भन्दै बैठक स्थगित गरिएको थियो।

तेस्पछि बैशाख ३१ गतेलाई बोलाईएको बैठक भीआईपी नेताको सुरक्षाकर्मिमा कोरोना फेलापरेको भन्दै स्थगित गरिएको थियो। बैठक पटक पटक स्थगित हुनुमा सरकारको नेतृत्व र कार्यशैलीमा नेताहरु असन्तुस्ट छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गराउन हरेक जोड बल गरेका छन् ,भने नेकपा अध्यक्ष प्रचण्ड तेस्को विपक्षिमा उभिएका छन्।

स्थायी कमिटि शक्ति शालि निकाए हो जसले गर्दा आजको बैठकले एमसीसीको झमेला टुग्याउने सबैको आकलन छ। एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ।सो दिन दिउँसो संसद बैठक बस्दैछ ।

त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ । साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिने छ ।

एमसीसीको विरोधमा माईतिघरमा आन्दोलन ,

एमसीसी नेपाल र नेपालिको हितमा नरहेको भन्दै नेकपा भित्र पनि विरोध भईरहेको छ। आम नेपालि नागरिकलेपनि एमसीसी पास गर्ननहुने भन्दै लामो समयबाट विरोध र आन्दोलन गर्दै आएका छन्। आजपनि १ बजे माईतिघरमा नागरिकले एमसीसी खारेजको माग गर्दै आन्दोलन गर्ने रंग दर्पणलाई बताएका छन्।