साउन ७ गते सम्म लकडाउन जारि मोडालिटी यहि कायम रहने ,
असार १५ ,काठमान्डौ – सरकारले लकडाउनलाई साउन ७ गते सम्म निरन्तरता दिने निर्णय गरेको छ भने लकडाउनको मोडालिटी यहि कायम रहने छ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले रंग दर्पणलाई जानकारी गराएका हुन्।
तेस्तै प्रदेश जिल्ला र स्थानीय तहमा लक्डाउनलाई अवस्था हेरेर खुकुलो र कडाई गर्न पाउने छन् तर तेस्को लागि केन्द्रसंग अनुमति लिनुपर्ने बैठकमा निर्णय भएको छ।
साउन ७ गते सम्म उदार बाहेकका उडान सैक्षिकसंथा विद्यालय सबै बन्द हुने छन् ,सिमानाका बन्द हुने छन् ,सभा सम्मेलन ,सिनेमाहल डान्सबार ,पुस्तकालय ,संग्रालायाह ,स्विमिङ्ग पुल बन्द हुने छन् तेसैगरी सरकारले गत असार १ गतेबाट खुल्ला गरेका स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी खुल्ला रहने छन् ,भने साझा निजि सवारीसाधन लामो दुरीका चल्न पाउने छैनन्।
राजधानीमा ट्याक्सी भने चलिरहेका छन् तर ट्राफिक प्रहरीले तोकेको स्थानभन्दा बाहिर जना दिएको छैन।
सरकारले पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गर्ने नीति थियो ।
तर, पहिलो चरण सकिएपछि थप २१ दिन सरकारले लकडाउन पहिलो चरणकै जस्तै लम्बाएको हो ।
उपत्यकामा दैनिक जस्तो कोरोनाका बिरामी बढ्न थालेपछि नाकामा थप कडाई गरिने एक मन्त्रीले बताएका छन्।

