Gold
Bangad salyan

सुनको मुल्यमा हाल सम्मकै उच्च ,९१ हजार ७०० ,

आसर १७ ,काठमान्डौ – नेपालि बजारमा सुनको मुल्यमा हाल सम्मकै उच्च बृद्दि भएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ७०० रुपैयाँ पुगेको हो । नेपाल मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तेजावी सुन तोलामा ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

तेसैगरी मंगलबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ९६० रुपैयाँमा कारोबार भएको हो ।

यो हाल सम्मकै उच्च मूल्य कारोबार भएको संघले जनाएको हो।