प्रधानमन्त्री ओली फेरी पनि रास्ट्रपतिलाई भेट्न पुगे ,
असार १८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आज पुन : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतल निवास पुगेका छन् ।
प्रधानमन्त्री ओलीले आज मध्यान्न १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्री बीचको यो नियमित छलफल भेटघाट भएको श्रोतले जनाएको छ ।
आजको मन्त्रिपरिषद बैठकले चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बताईएको छ ।

