Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमणका बिरामी घट्दो आज ७० जना मात्र ,

असार २७ ,काठमान्डौ – नेपालमा आज भोलि दैनिक जस्तो कोरोना संक्रमणका बिरामी घट्दो क्रममा फेला परेका छन् विगत २४ घन्टामा जामा ७० जनामा कोरोना पुस्टि भएको मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो विवरण अनुसार कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ भने निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ।

पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमितले कोरोना जितेका छन् भने माथिको टोटल संख्याबाट हालस सम्म ३८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले नियमित मिडिया ब्रिफिङमा जानकारी गरेका हुन्।