केन्द्रिय समितिको बैठक बोलाउनुपर्ने खुमलटार भेलाको निष्कर्ष ,
साउन १ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अधय्क्ष प्रचण्ड र बरिस्ठ नेता माधव कुमार नेपालको खुमलटार बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री ओली ,प्रचण्ड ,माधव नेपाल आजको त्रिपक्षिय छलफलमा पनि निष्कर्षविहिन भएपछि दाहाल नेपालको समूह खुमलटारमा छलफल भएको थियो। बैठकले केन्द्रिय समिति बैठक बोलाउने पहल गरेको हो।
वालुवाटारबाट फर्कीएपछि खुमलटारमा प्रचण्ड ,नेपाल ,झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सचिवालय सदस्यहरुको भेला भएको थियो ।
तिन नेताहरु बसेरपनि कुनै सहमति जुटेन,अब तत्काल केन्द्रिय समितिको बैठक बोलाईने छ।
सकभर भोलिको स्थायी समितिको बैठकले केन्द्रिय समिति बैठकको मिति तोक्ने एक नेताले बताए।
आजको त्रिपक्षिए छलफलमा पनि ओलीलाई राजीनामाको माग गरिएको थियो तर ओलीले अस्विकार गरेका थिए।