सशस्त्र प्रहरीमाथि भारतको फेरी ढुंगा मुढा,
साउन ४ ,विराटनगर – तिन दिन सम्म लगातार नेपाल भारत सिमावर्तिमा अझ्ड़प भएको छ। घटनामा तिज जना घाईते भएका छ्न।
बिहिबार ,शुक्रबार सुनसरीमा छुट्टा छुट्टै स्थानमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको थियो ।
सिमामा चेक जाँच गर्दा तस्करले गोलि चलाएपछि प्रहरीले जवाफी फायर गरेको बताएको छ।
तेस्तै झापाको गौरीगञ्ज गाउँपालिका-५ धन्द्राखोला नजिक शनिबारराति सशस्त्र प्रहरी र अज्ञात समूहबीच झडप भएको छ।
सीमा स्तम्भ १५२ नजिकै तस्करी गर्न आएको करिब ५० जना जनाको समूहले आक्रमण प्रयास गरेपछि ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनीका डीआईजी नगेन्द्रबहादुर थापाले जानकारी दिए।
सशस्त्रको बीओपी गौरीगञ्जमा वरिष्ठ हवल्दार ज्ञानबहादुर तामाङको नेत्रृत्वमा रहेको छ जनाको गस्ती टोलीमाथि अज्ञात समूहले राति ९ बजेतिर लाठ्ठी भाटा चिर्पट प्रहार गरेका थिए ।
प्रहरीको पोशाक च्यातिएका छन् भने सशस्त्रका जवान विदुर खत्री र रोमन बस्नेत घाईते छन्। जवाफीमा सशस्त्र प्रहरीले फायर गरेपछि अज्ञात समूह भारत तर्फ भागेका छन्।
उनीहरुको खोजीकार्य भईरहेको पनि प्रहरीले बताएको छ। पछिल्लो समय नेपाल भारत सिमानामा सशस्त्रको बियोपी क्याम्पमा आक्रमण हुने गरेको छ।

