नेपालमा थप एक जनाको कोरोना बाट मृत्यु ,
साउन ९ ,वीरगञ्ज – वीरगञ्जमा एक जना कोरोना संक्रमणको मृत्यु भएको छ।यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
गण्डकको कोभिड अस्पतालमा उपचारको क्रममा एक ८५ वर्षीय वृद्धाको शुक्रबार बिहान मृत्यु भएको हो।
केहि दिन अगाडी निमिनिया भएर उपचारको लागि वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी उनमा ७ गते कोरोना पुस्टि भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।