Gold
Bangad salyan

जाजरकोटमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु ७ बिरामी ,

साउन १२ ,जाजरकोट – जाजरकोटको कुसे गाउँपालिका १ स्याँक्रीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन्।जंगली च्याउ खाँदा ईताबार राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको हो।

सँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएको कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

उनीहरुलाई हेलिकोप्टरबाट उद्दार गरेर उपचारको लागि लैजाने तयारि भईरहेको पनि उनले बताए।