Gold

गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ,

Naumule Migrate

साउन १९ ,काठमान्डौ – गोरखा पालुङटार नगरपालिका,४ का वडाअध्यक्ष ठाकुर कान्त रानाभाटलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे ।

पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई सोमबार साँझा आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । नँया शक्ति पार्टी अहिले जनता समाजवादी पार्टीसंग पार्टी एकता भईसकेको छ।

वडाअध्यक्ष ठाकुरकान्त पक्राउ परेपछि उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएको जनता समाजवादी पार्टी पालुङ्गटार नगर कमिटि गोर्खाले विज्ञप्ति मार्फत जानकारी दिएको हो।

Naumule Badhipahiro