Gold
Bangad salyan

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु ,

साउन १९ ,काठमान्डौ – विराटनगरस्थित कोसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार बिहान अस्पताल भर्ना भएका ७७ वर्षीय वृद्धको दिउँसो तीन बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।

उनीमाथि ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या रहेपछि अस्पताल भर्ना गरिएको थियो। कोरोना परीक्षणको लागि उनको स्वाब निकाल्यो तर तीन बजे नै वृद्धको मृत्यु भयो।

चार बजे पिसिआर रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ देखिएको डा. दासले जनाए।

परिवार श्रोतका अनुसार उनलाई चार दिनदेखि स्वास्थ्यमा समस्या देखिने गरेको थियो।

उनीमाथि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको मृतकको शव अस्पतालमा छ उनको शव व्यवस्थापन गर्न नेपालि सेनाको टोलि खटाईने छ।

हाल यो संगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ५८ पुगेको हो।