Gold
Bangad salyan

क्वारेन्टिनमा बसेका युवाले आफ्नै शरीरमा आगो लगाए ,

साउन २० ,काठमान्डौ – रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएका छन्।

 

देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन्।

उनले राति करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए। देवदह मेडिकल कलेजमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

देवदह वडान ५ मितेरीटोल घर भएका विपिन कोरोना महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा काम गर्दै आएका थिए।

उनले किन आगो लगाए भन्ने भने थप जानकारी आउँ बाँकी रहेको छ आगोले उनको शरीर जलेको कारण बोल्न नसकेको देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले जानकारी दिए।