सुकुम्बासीको टहरा भत्काईयो र हात्ती आक्रमण गराईयो एक जनाको मृत्यु ,
साउन २३ ,काठमान्डौ – बस्ने बास उठिबास गराउने र घरमा आगो लगाएर घरबार बिहिन बनाईएपछि चितवनका सुकुम्बासीको हात्तीले ज्यान लिएको छ।
झापाको कमल गाउँपालिका,५ स्थित ५२ वर्षीय सुकुमबासी रोहित रेग्मीको बिहीबार मृत्यु भएको हो ।
गत फागुन अन्तिममा सशस्त्र प्रहरीले उनीहरको घर भत्काइदिएपछी त्रिपालमुनि बस्न बाध्य भएका थिए।
१५ वर्षदेखि सोही स्थानमा बस्दै आएका ५२ सुकुमबासी परिवारका घर सशस्त्रले भत्काएको हो। बिहीबार राति आएको हात्तीले उनलाई लखेटीलखेटी मारेको श्रीमती नीरमायाले बताइन् ।
मध्यरातमा बत्ति थिएन ,हात्तीले टहरामा रहेको खाद्यान्न पनि नष्ट गरेको छ ,हामि सबै भाग्यौ रातिपरेकोले को कता भाग्यो थाहा भएन श्रीमान्लाई हात्तीले मारेछ निरमायाले भनिन।
१५ वर्षदेखि सो स्थानमा बस्दै आएका ५२ घर परिवारले अन्य ठाउँमा जग्गा नभएका उनीहरूले जग्गामा खेती गरेबापत सशस्त्र प्रहरीलाई ठेक्का बुझाउने गर्थे ।
२०६० तिर तत्कालीन माओवादीको सशस्त्र युद्ध उत्कर्षमा थियो । विद्रोही माओवादी आक्रमणको डरले आफुहरु बाँच्न सशस्त्रले सुकुम्बासीलाई घेरामा राख्यो।
बाहिरि घेरा हुनेगरी भोगचलनमा ८० बिघाह जग्गा सुकुम्बासीलाई भोगचलनमा दिएपनि शान्ति प्रक्रिया दुंगेपछि सशस्त्रले अवैध भन्दै हट्न दबब्द दिईयो।
अन्यत्र कतै बस्ने स्थान नहुँदा उनीहरुले हट्न मानेन गत फागुन अन्तिम साता सशस्त्र प्रहरी बलले उनीहरुको टहरा भत्काइदियो र घरबारविहीन बनाइदियो ।
त्यसयता त्रिपाल टाँगेर ३४ घरपरिवार त्यस क्षेत्रमा बस्दै आएका थिए ।यो बर्खेझरीमा त्रिपालमुनि बसेर सास्ती परेकैबेला हात्तीको आक्रमणले रेग्मीको ज्यान लियो भन्न मिल्दैन किन कि उनको ज्यान राज्यले लिएको हो। हाम्रो घर भएको भए त् कम्तिमा ज्यान त बाँच्थ्यो सुकुमबासी उर्मिला बराइलीले भनिन् ।
सुकुम्बासी नजिकै सशस्त्र प्रहरी क्याम्प छ ,हात्तीले आक्रमण गर्दा समेत उनीहरुले सहयोग गरेनन ,त्रिपालमुनि राखेका सामानसमेत सशस्त्र प्रहरीले उठाएर लगेका छन् ।
भने त्रिपाल पनि फालिदिने धम्कि दिएको सुकुम्बासी बताउछन। टहरा पनि फाले अब त्रिपाल फल्लने धम्कि दिएका छन् बत्ति पनि काटीदिएका छन्।
हात्ती आक्रमणमा परी ज्यान गुमाएका रेग्मी त्यहाँ बसेका सुकुमबासीका अगुवा हुन् ,। पटक पटक उक्त स्थानमा हात्तीले आक्रमण गर्दै आएको छ हाम्रो पिडा सुन्दिने कोहि छैन ,रेग्मीले सशस्त्र प्रहरीसँगको आन्दोलनमा नेतृत्व गर्दै आएका थिए ।
उहाँले नै हाम्रो कुरा उठाउँदै आउनुभएको थियो । वडाध्यक्ष, सशस्त्र प्रहरीका अधिकारीहरू रोहितलाई मिलाएर हाम्रो बास्थानको ठाँउ ठेगाना लगाउन सकिन्छ कि भन्ने आशामा थियौ ,अब अगुवानै मरेर गएपछि हाम्रो उठिबास हुने भयो सुकुम्बासीकि वृद्धा नन्दमाया चापागाईंले रुदै भनिन।