उपत्यकामा यी सेवा भाद्र १५ गते सम्म बन्द हुने ,
साउन २६ ,काठमान्डौ – उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक अन्य सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन्।
सोमबार बसेको नगरपालिकाक मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरमले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेका हुन्।
उपत्यकामा दैनिक जसो कोरोना संक्रमण देखिएपछि संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै सोमबार बसेको नगरपालिकाका मेयरहरुको फोरम संगठनले जनाएको छ।
उपत्यकाभित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्थानीय तहहरुबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई १५ दिनको लागि बन्द गर्ने बैठकको निर्णयमा उल्लेख छ।
तेस्तै उपत्यकामा अनाधिकृत भिड भाड,र्याली ,जुलुस ,लगायतका गतिविधि ,सांस्कृतिक गतिविधि ,जात्रा पर्व संचालनमा रोक लगाईएको छ। तेस्तै संक्रमण न्यूनीकरण गर्न माक्स उपयुक्त र अनिवार्य भएको र माक्स पर्यो नगर्नेलाई कारबाही गरिने समेत बैठकले निर्णय गरेको छ।
अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारलाई साँझ विहान मात्र सिमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकलमार्फत गरिने व्यापारलाई भाद्र १५ गतेसम्मको लागि निषेध गर्ने बैठकले निर्णय गरेको छ।