नेपालमा नँया रेकर्ड कोरोनाबाट २४ घन्टामा ११ जनाको मृत्यु ,

साउन २८ ,काठमान्डौ – २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यो नेपालमा अहिले समक्कै नँया उच्च रेकर्ड हो यो संगै कोरोनाबाट मर्नेको संख्या ९१ पुगेको हो।

ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

तेस्तै धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु साउन २८ गते मृत्यु भएको हो ।

उनलाई साउन ७ गते कोरोना पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट साउन २८ गते मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति मृत्यु भएको छ ।

सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ ।

मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।

सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका,६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत भेटिएका बाराको बिश्रामपुर,५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।

तेस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, बारा विश्रामपुर र मोरङका मृतकको औपचारिक पुस्टि भएको छ भने मन्त्रलायाको तथ्याङ्कमा राख्न बाँकी छ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । आजमात्र नेपालमा थप ४८४ जना कोरोनाका बिरामी थपिएका हुन्।

गत २४ घन्टामा ६४ जना डिस्चार्ज भएपछि १६ हजार ७२८ जना आहाल सम्म निको भएका छन्।