Gold
Bangad salyan

समाजमा कोरोना सन्त्रास बढेपछि भेरीगंगा नगरपालिकाको जरुरि सुचना,

साउन ३२ ,सुर्खेत – कर्णाली प्रदेश भेरिगंगा नगरपालिकाले भोलि १ गते साँझ ७ बजे देखि ५ गते राति १२ बजे सम्म जरुरि सुचना जारि गरेको छ।

नगरपालिकाले आज एक सुचना जारि गर्दै छिन्चु बजार ,जहरे ,रामघाट झिङ्गनि बजार बन्द रहने जनाएको छ।

कोरोना संक्रमण बढेसंगै समाजमा सन्त्रास बढेको र कोरोनाको जोखिम रहिरहेको हुनाले अत्यावस्यक कार्य सेवा बाहेक काम नगर्न गराउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले जानकारी दिएका हुन्।

नगरपालिकाले अत्यावस्यक काम नपरी घर बाहिर ननिस्कन र जताभावी हिडडुल ,भिडभाड नगर्न समेत अनुरोध गरेको छ।

आजबसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको ओलीले बताए। तेस्तै भोलि देखि विरेन्द्रनगर सुर्खेतपनि ५ गते सम्मलाई अर्को सुचना जारि नभएसम्म निषेधाज्ञा जारी गरेको छ।