Gold
Bangad salyan

गृहमन्त्रीको अगुवा गाडीले स्कुटरलाई ठक्कर दियो दुईजना घाइते,

भदौ २ ,काठमान्डौ – गृहमन्त्रीको स्कर्टिङका लागी ड्युटी लिन हिँडेको सुरक्षाकर्मीका अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन्।

सिंहदरबार पश्चिम गेटमा प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुरलाई ठक्कर दिँदा दुई महिला घाइते भएका हुन् ।

जिपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् ।

उनीहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरिक्षक (एसपी) बामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार जीप चालकलाई महानगरीय प्रहरी वृत सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

गृहमन्त्री राम बहादुर थापा बादल आज बाजुरा जाँदै छन्, विमानस्थलमा स्कर्टिङ गर्न सो जीप प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै गर्दा स्कुटरलाई ठक्कर दिएको हो ।दुर्घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।