Gold

नेपालमा कोरोनाको उच्च रेकर्ड आजमात्र १ हजार १६ जना थपिए ,

Naumule Migrate

भदौ १ ,काठमान्डौ – आज नेपालभर १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। ,स्वास्थ्य मन्त्रालयले विभिन्न प्रयोगशालामा गरेको १३ हजार ४३९ पीसीआर परिक्षण रिपोर्टमा उक्त कोरोनाका बिरामी फेला परेका हुन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको हो।

तेस्तै विगत २४ घन्टामा ८५ जना डिस्चार्ज भएपछि अहिले सम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ५८० पुगेको हो।

हाल देशभर १० हजार ५६३ जना सक्रिय बिरामीको उपचार भईरहेको छ । हाल १३ हजार ९२६ जना क्वारिनटिनमा रहेको मन्त्रालयले जनाएको छ।तेस्तै आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएपछि मृतकको संख्या ११४ पुगेको छ।

Naumule Badhipahiro