Gold
Bangad salyan

कर्णाली प्रदेशमा आज ४३ जना कोरोना संक्रमित फेला कुन जिल्लमा कति ,

भदौ ३ ,काठमान्डौ – कर्णाली प्रदेशमा आज विभिन्न जिल्लामा गरि ४३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।

संक्रमित हुनेमा कर्णालीका एक जना सांसद पनि छन्,उनको जनस्वास्थ्य कार्यालय सुर्खेतमा स्वाब संकलन गरिएको थियो ।

केहि दिनयता फाट फुट रुपमा देखिएका कोरोना संक्रमित संख्या कर्णालीमा आज भने अघिल्लो दिनको तुलनामा बढी देखिएको छ ।

आज सबैभन्दा बढी बनगाड कुपिण्डे नगरपालिका वडान १,२,३,४ र ५ का १० महिने बालक, ५ जना महिला र ११ जना पुरुष गरि १७ जना थपिएका छन् ।

सुर्खेत चौकुने गाउँपालिका वडान ३, ४ र ५ का ५ जना महिला र वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ की एक महिला र ४ जना पुरुष गरि १० जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले जानकारी दिए ।तेस्तै जुम्लामा ९ जना कोरोना संक्रमित थपिएका छन् , ।

हिमा गाउँपालिका वडा नम्बर १, ३, ४, ५ र ७ का एक महिला र ६ जना पुरुष, जिल्लाको सिँजा गाउँपालिका-५ का एक पुरुष र चन्दननाथ नगरपालिका-१ का ६० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेखको दुल्लु नगरपालिका,६, का एकजना पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडान ३ र ७ का २ वर्षीय बालक र २२ वर्षका यक युवक र अर्का २२ वर्षकी एक युवती छन्।

डोल्पाको जगदुल्ला गाउँपालिका-५ का एकजना पुरुष, कास्कीको मादी गाउँपालिका-३ का एकजना पुरुष र बाँकेको बैजनाथ गाउँपालिका-३ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१३० पुगेको छ । कर्णाली प्रदेशमा हाल सम्म डिस्चार्ज हुनेको संख्या १९०८ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

,कर्णालीमा हाल सम्म ४ जनाको कोरोना संक्रमितबाट मृत्यु भएको छ ति सबै पुरुष हुन् ,तेस्तै अन्य दुई जना मृतकमा पनि कोरोना पुस्टि भएको थियो।

कर्णालीमा कोरोनाका १९२ जना सक्रिय संक्रमितको उपचार भईरहेको छ भने होम आईसोलेसनमा ८ जना रहेका छन्।

आज मात्र नेपालमा ६८१ जना कोरोना संक्रमित थपिएका छन् भने कुल १२० जनाको कोरोनाबाट मृत्यु भईसकेको छ।