Gold
Bangad salyan

आज थप ७०७ जनामा कोरोना पुस्टि मृतकको संख्या १२६ पुग्यो ,

भदौ ४ ,काठमान्डौ – आज थप ७०७ जनामा कोरोना भाईरस पुस्टि भएको छ। ति मध्ये ५१५ जना पुरुस छन् भने १९२ जना महिला छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८३२ कोरोना पीसीआर परिक्षणम ७०७ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुन संख्या २९ ६४५ पुगेको हो। पछिल्लो २४ घन्टामा २६४ जना डिस्चार्ज भएपछि कुल १७ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन्।

तेस्तै पछिल्लो अपडेटमा ६ जनाको कोरोनाबाट मृत्यु भएपछि मृतकको संख्या १२६ पुगेको छ। हाल सम्म क्वारिनटिनमा ११ हजार ७६८ जना रहेका छन्।