Gold
Bangad salyan

बाँकेमा १७ जना आर्मीलाई कोरोना संक्रमणको पुष्टि ,

भदौ ४ ,बाँके – बाँकेका १७ जना आर्मीलाई कोरोना पुस्टि भएको छ। कौशिला नगर ब्यारेकमा कार्यरत १७ जना आर्मीलाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका हुन्।

संक्रमित सबै मध्यपश्चिम तालिम शिक्षालय कौशिला नगरका प्रशिक्षार्थीहरू हुन्। तालिम केन्द्रमा वुटवललगायत प्रदेशभरिकै प्रशिक्षार्थी रहेको र ति सबै जवान रहेको महासेनानी नकुल थापाले जानकारी दिए।

केहि अगाडिमात्र पनि तालिन लिन आएकामध्येबाट ९ जनालाई संक्रमित देखिएको थियो तेस्तै उनीहरुको सम्पर्कमा आएका हरुलाई कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ४ जनामा कोरोना पुस्टि भएको थियो।

बिहिबार पनि थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थापाले बताए। वुटवल लगायत विभिन्न जिल्लाबाट तालिममा आएका हरुबाटनै कोरोना फैलीएको हुनसक्ने उनले व्यक्त गरे।

आजको मिति सम्म बाँकेमा ७ सय ८७ जनामा कोरोना पुस्टि भएको छ ति मध्ये ४ सय ९६ जना उपचारपछि निको भएर डिस्चार्ज भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। हाल सम्म बाँकेम कोरोनाबाट ४ जनाको मृत्यु भईसक्को छ ।