Gold
Bangad salyan

वीरगन्जमा थप एक जनाको कोरोनाबाट मृत्यु ,

भदौ ६ ,वीरगन्ज – वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई साउन ३१ गते वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए ।

पीसीआर परीक्षणमा कोभिड १९ संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।

कोरोना अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा.निरजकुमार सिंहले जनाए । मृतक मुटु, दम र उच्च रक्तचापका बिरामी रहेको सिंहले बताए।