आज थप ८१८ जना कोरोना संक्रमित थपिए उपत्यकामा १६६ ,
भदौ ७ ,काठमान्डौ – नेपालमा आज पनि थप ८१८ जना कोरोना संक्रमित फेला परेका छन् ,जसमा ५९८ पुरुष छन् भने २२० महिला रहेका छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २६ पीसीआर परिक्षणमा यो संख्या फेला परेपछि कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको हो।
तेस्तै पछिल्लो २४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् हाल सम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको हो। तेस्तै देशभरका क्वारिनटिनमा ११ हजार ४१४ जना रहेका छन्।
पछिल्लो २४ घन्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएपछि कुल मृत्यु हुनको संख्या १४९ पुगेको छ।

