सुर्खेतमा गरिएको निषेधाज्ञा थप तिन दिन लम्बियो ,
भदौ ८ ,सुर्खेत – कोरोना महामारीलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सुर्खेतमा गरिएको निषेधाज्ञा थप ३ दिन थपिएको छ।
समुदायस्तरमा कोरोना संक्रमण बढेपछि सुर्खेतमा भदौ १ गते देखि ५ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो।
तेस्पछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप ४ दिन थपेर ९ गते सम्म जारि राख्ने बताएको थियो ।
आज बसेको कोरोना संकट व्यवस्थापन समितिले पुन:१२ गते सम्म निषेधाज्ञा लागु गरिएको बताएको छ।
निषेधाज्ञा लागु भए पनि कर्णालीमा दैनिक जस्तो कोरोना संक्रमित थपिदै गएका छन्।
आजपनि सुर्खेतमा ११ जना नँया कोरोना संक्रमित थपिएका छन् भने कर्णालीका अन्य जिल्लमा गरि कुल ५१ जना कोरोना भाईरसका बिरामी थपिएका हुन्।
सुर्खेतमा अत्यावस्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ,कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित सेवाग्राहीको भीड हुने कार्यालयहरुमा गत साउन २५ गतेबाट अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन्।
वीरेन्द्रनगर सुर्खेतमा दैनिक जस्तो कोरोना संक्रमण बढेपछि निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
यो पनि,,
कर्णाली प्रदेशमा आज थप ५१ जना कोरोना संक्रमित जाजरकोटमा बढी ,

