अस्पताल भर्ना भएकै दिन कोरोनाबाट महिलाको मृ,त्यु ,
भदौ १० ,विराटनगर – कोरोना संक्रमणबाट थप एक महिलाको निधन भएको छ। बिराटनगर महानगरपालिका,११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृ,त्यु भएको हो ।
मृ,तक महिलालाई मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ,उनीमाथि निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ।
मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृ,त्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए का छन् ।कोरोनाका कारण हालसम्म बिराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् ।

