Gold
Bangad salyan

बाँकेमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृ,त्यु ,

भदौ १० नेपालगंज ,बाँकेमा कोरोना संक्रमबाट ३७ वर्षीय पुरुषको निधन भएको छ। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका,१ का ३७ वर्षीय पुरुषको निधन भएको हो ।

दुवै फोक्सोमा निमोनिया भई स्वास्थ्यमा समस्या देखिएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो।

कोरोनाको जस्ता लक्षण देखापरेपछि स्वाब लिएर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गए राति १ः३० बजे मृ,त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए । यो संगै बाँकेमा कोरोनाबाट निधन हुनेको संख्या ५ पुगेको छ।