उपत्यकामा फेरी थपिए ३७७ कोरोना संक्रमित,
भदौ ११ ,काठमान्डौ – उपत्यकामा आज मात्र ३७७ कोरोना संक्रमित थपिएका छन्। काठमान्डौमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।भेन्टिलेटरमा वाग्मती प्रदेशका १५ जनाको उपचार भईरहेको छ।
साथै आउँदा दिनमा कोरोनाको जोखिम बढ्ने देखिएको हुनाले कुनैपनि नागरिकले लापरवाही नगरी स्वास्थ्य मापदण्ड प्रयोग गर्नुनै उत्तम उपाए रहेको प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।
घना बस्ति भएका स्थानहरुमा कोरोना बढ्दै गईरहेको हुनाले आउँदा दिनमा थप जोखिमको सामना गर्नुपर्ने भएको हुनाले सबै सचेत हुन समेत मन्त्रालयले जनाएको हो।

