Gold
Bangad salyan

पार्टी सुधारका लागि रामचन्द्र पौडेलका दस एजेन्डा यी हुन् ,

भदौ १४ ,काठमान्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारकालागि दस एजेन्डा सार्वजनिक गरेका छन्।

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएपछि पार्टी सुधारका लागि नेता पौडेलले सामाजिक संजाल मार्फत १० बुँदे एजेन्डा सार्वजनिक गरेका हुन्।

पौडेलले अघि सारेका पार्टी सुधारका एजेन्डामा कांग्रेस विचार शून्य तथा दिशाबिहीन छैन भन्ने सावित गराउने देखि नेपालको वर्तमान संविधान लागू गर्ने सम्म रहेका छन्।

 

एजेन्डाको व्याख्यासहित केहि दिनमा सार्वजनिक हुने पौडेलको निजि सचिवालयले जानकारी गरेको छ।

पौडेलले सार्वजनिक गरेका १० बुँदे एजेन्डा,,

-नेपालको वर्तमान संविधान लागू गर्ने,
-कांग्रेसको विधान पालना गर्नेरगराउने,
-नेपालको उन्नतीको बाटो देखाउने,
-सुशासन लागू गराउने,
-नेपालको असंलग्नता र तटस्थतालाई बचाउने,
-कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने,
-कम्युनिस्ट भ्रष्ट र शब्दजालबाट जनतालाई मुक्त गराउने,
-जनतामा देशक्तिको भावना जगाउने,
-संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने र
-कांग्रेस विचार शून्य तथा दिशाबिहीन छैन भन्ने सावित गराउने।